Listen LIVE

काठमाडौं । दशैं-तिहारलाई लक्षित गर्दै बुटवलमा १५ दिनअघि चोकैमा राखिएको डिजिटल बोर्ड ह्याक भएको छ । बुटवल उपमहानगरपालिका योगीकुटी चोकमा स्थानीय क्लबले राखेको डिजिटल बोर्ड ह्याक भएको हो ।

Advertisement 1

 

बोर्ड ह्याक गरेर ह्याकरले त्यसमा अङ्ग्रेजी अश्लील शब्द राखेका छन् । यात्रुहरूलाई स्वागत गर्न राखिएको उक्त बोर्डमा ह्याकरले लेखेका छन्, “फ*क अल ।”

Advertisement 2

 

‘तिलोत्तमा नगरपालिकाले तपाईंहरूलाई यसरी स्वागत गर्छ’ भन्दै फोटो र भिडिओ सामाजिक सञ्जाल फेसबुक र टिकटकमा आइरहेका छन् । यस विषयमा टेकपानासँग कुरा गर्दै ट्राफिक प्रहरी बुटवलका असई मिलन सिंहले बोर्डमा अश्लील शब्दहरू भएको पुष्टि गरे ।

Advertisement 3

 

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयका अनुसार सो बोर्ड केही समयअघि स्थानीय क्लबले राखेको थियो । “नगरपालिकाको अनुमित बिनै किन राखेको भनेर मैले हटाउने निर्देशन दिएको थिए,” पाण्डेयले भने, “अहिले ह्याक भएको रहेछ । त्यो ठूलो बोर्डको माथि रहेको सानो सूचना बोर्ड चाहिं हामीले राखेका हौं ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!