दैलेख : तिलहरी चोरी गरेर बिक्री गर्ने विषयमा विवाद हुँदा दैलेखमा एक १४ वर्षीय बालकको हत्या गरिएको छ। माघ २५ गतेदेखि हराइरहेका बालक राजनको शव फागुन ३ गते खोलामा गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
Advertisement 1
प्रहरीका अनुसार, राजनले चोरी गरेर ल्याएको तिलहरी बिक्री गर्ने विषयमा आफ्ना साथीहरूसँग विवाद गरेका थिए। उनले उक्त घटनाबारे अरूलाई भनिदिने डरले उनका साथीहरूले राति नै उनको हत्या गरेका थिए। हत्यापछि शव गाड्नका लागि घर नजिकैको खोलामा खाल्डो खनिएको थियो।
Advertisement 2
प्रहरी निरीक्षक लालबहादुर सुनारका अनुसार, शव फेला परेपछि अनुसन्धान अघि बढाइएको छ। यस घटनामा संलग्न दुई जना बालकलाई पक्राउ गरिएको भए पनि उनीहरूको नाम सार्वजनिक गरिएको छैन। प्रहरी अनुसन्धान जारी रहेको जनाइएको छ।
Advertisement 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%










प्रतिक्रिया