बाँके। बाँकेको बैजनाथ गाउँपालिका–८ चौफेरीस्थित पुष्पनगर टोलमा गत माघ २५ गते राति दुई समूहबीच भएको झडपका क्रममा घाइते भएका १८ वर्षीय दिनेश रोकायको उपचारको क्रममा निधन भएको छ। लखनउस्थित सामरा अस्पतालमा उपचाररत रोकायको आज बिहान मृत्यु भएको हो।
Advertisement 1

स्थानीयका अनुसार सो रात गाउँमा विवाह समारोह चलिरहेका बेला दुई समूहबीच विवाद उत्पन्न भएको थियो। विवाद बढ्दै जाँदा झडपको अवस्था सिर्जना भयो, जसक्रममा धारिलो हतियार प्रयोग भयो। झडपमा रोकायसहित ७ जना घाइते भएका थिए। गम्भीर घाइते भएका रोकायलाई नेपालगञ्जका अस्पतालहरूमा प्राथमिक उपचारपछि भारतको लखनउ लगिएको थियो।
Advertisement 2
घटनापछि प्रहरीले अनुसन्धान अघि बढाएको छ। सोही क्रममा हत्या आरोपमा बैजनाथ गाउँपालिका–२ बस्ने ३५ वर्षीय राम बहादुर राना र वडा नं ६ बस्ने १७ वर्षीय किशोरलाई पक्राउ गरिएको छ।
Advertisement 3
स्थानीयबासीले दोषीलाई कडा कारबाहीको माग गरेका छन्। उनीहरूले प्रशासनलाई छिटो अनुसन्धान गरी पीडित परिवारलाई न्याय दिलाउन आग्रह गरेका छन्। यसबारे प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ।










प्रतिक्रिया