बाँके,माघ २३ : जिल्ला प्रहरी कार्यालय बाँकेले लागू औषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले दिएको जानकारी अनुसार, बाँकेको बैजनाथ गाउँपालिका-७ स्थित पेढारी क्षेत्रमा लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।

प्रहरी टोलीले विजय चौधरी (४२ वर्ष), विजय भारती ठाकुर (२९ वर्ष), र रामेश्वर ठाकुर (२८ वर्ष) लाई पक्राउ गरेको छ। उनीहरूलाई लागुऔषध ब्राउन सुगर जस्तो देखिने ११ ग्राम ४०० मिलिग्राम पदार्थसहित पक्राउ गरिएको हो।
पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी हिरासतमा राखी कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।










