Listen LIVE

बाँके : विवादास्पद गतिविधिमा मुछिएका सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी, बाँकेका गणपति एसपी बिमल डाँगीको सरुवा भएको छ। उनी अब नेपाल प्रहरी कार्यालय कार्य विभागमा सरुवा भएका छन्।

Advertisement 1

 

एसपी डाँगीको सरुवा सशस्त्र प्रहरी हेडक्वाटरले शुक्रबार राति गरेको हो। सीमा सुरक्षाका क्रममा राजस्व छलि, तस्करी र चोरीका गतिविधि देखिएपछि केही समयअघि उनलाई हेडक्वाटर तानिएको थियो।

Advertisement 2

 

एसपी डाँगीमाथि राजस्व छलि र तस्करीमा संलग्नताको आरोप लाग्दै आएको छ। सशस्त्र प्रहरीका आइजिपी राजु अर्यालले उनलाई ठुलो कारवाही गर्ने तयारी गरेका थिए। तर, काँग्रेस नेता पूर्ण बहादुर डाँगीको राजनीतिक दबाबका कारण उनी कारवाहीबाट जोगिएका थिए।

Advertisement 3

 

दुई हप्ता हेडक्वाटरमा हाजिर गरेका डाँगी केही दिनअघि मात्र बाँके फर्किएका थिए। तर, पुनः विवाद बढ्दै गएपछि उनलाई अन्ततः बाँकेबाट सरुवा गरिएको हो।

 

एसपी बिमल डाँगीको स्थानमा अब एपीएफ एसपी शोभावलाई बाँकेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गणको प्रमुख बनाइएको छ। नेपाल–भारत सीमावर्ती क्षेत्रमा रहेको यो गण राजस्वका हिसाबले मालदार मानिन्छ।

 

बाँकेमा रहेका राजस्व छलि र तस्करीका गतिविधिहरूमा कडाइ गर्न एसपी शोभावले चुनौतीको रूपमा काम गर्नु पर्ने देखिएको छ।

 

नेपाल–भारत सीमावर्ती क्षेत्रका सुरक्षाकर्मीहरूका गतिविधि बेला–बेला विवादमा मुछिँदै आएका छन्। यसले सीमा सुरक्षाका साथै राजस्व संकलनमा पनि ठूलो प्रभाव पार्ने गरेको छ। एसपी डाँगीको सरुवा पछिको नयाँ व्यवस्थापनले यी गतिविधिमा सुधार ल्याउने आशा गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!