Listen LIVE

भारत : भारतको उत्तर प्रदेशको गोरखपुरमा एउटा अचम्मको घटना सार्वजनिक भएको छ। जहाँ बिहेका क्रममा बेहुली नगद र गरगहना लिएर भागेकी छन्।

Advertisement 1

बेहुलीसँगै उनकी आमा पनि विवाहस्थलबाट बेपत्ता भइन्। यसपछि बेहुला कुर्छन् तर बेहुली फर्किनन्।

भारतीय सञ्चारमाध्यमका अनुसार घटना गोरखपुर खजनी क्षेत्रको हो। जहाँ ४० वर्षीय किसान आफ्नो दोस्रो विवाहको अनुष्ठान पूरा गरिरहेका थिए।

Advertisement 2

सीतापुरको गोविन्दपुर गाउँका बासिन्दा उनकी पहिलो श्रीमतीको केही समयअघि मृत्यु भएको थियो। त्यसपछि उनले ३० हजार रुपैयाँ दिएर मध्यस्थकर्ताको सहयोगमा दोस्रो बिहेको चाँजोपाँजो मिलाएका थिए।

बेहुलाले विवाहअघि बेहुलीलाई साडी र गहना दिएका थिए। बिहे खर्च पनि बेहुलाले नै बेहोरेका थिए। यसपछि बेहुली परिवारका सदस्यसँग विवाह गर्न मन्दिर पुगिन्। उनी आफ्नी आमासँग थिइन्। तर बिहेको संस्कार सुरु हुनेबित्तिकै शौचालय जाने बहाना बनाएर दुलही फरार भएकी हुन्। यसै क्रममा उनकी आमा पनि बेपत्ता भइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!