विजयादशमीको अवसरमा नेपालगन्जमा ड्रिमलिंक फुटसल कप २०८१ आयोजना

नेपालगञ्ज – १७ , रोयल नेपालगन्ज फुटबल क्लब र ड्रिमलिंक एजुकेशन नेटवर्कको आयोजनामा नेपालगन्ज १०, आदर्शनगरस्थित बागेश्वरी फुटसलमा असोज १७ देखि १९ गतेसम्म ड्रिमलिंक फुटसल कप २०८१ आयोजना हुँदैछ। “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, युवाका लागि खेलकुद” भन्ने नारासहित यो प्रतियोगिता विजयादशमीको सु–अवसरमा आयोजना गर्न लागिएको हो।

यो प्रतियोगितामा कुल २४ वटा टिमले सहभागिता जनाउनेछन्। उदघाटन समारोह असोज १७ गते बिहीबार बिहान १० बजे हुने कार्यक्रम तय गरिएको छ। विजेताले प्रथम पुरस्कार स्वरूप ५० हजार रूपैयाँ, द्वितीय पुरस्कार स्वरूप २५ हजार रूपैयाँ, साथै ट्रफी, मेडल, र प्रमाण-पत्र प्राप्त गर्नेछन्।

error: Content is protected !!