Listen LIVE

जनकपुर  – नेपालमा बैंक लुटपाटमा संलग्न भइ फरार रहेका भारतीय नागरिक घाइते अवस्थामा सिरहामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक आरिफ खान भन्ने आरिफ हुसेन रहेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए ।

Advertisement 1

उनी घाइते अवस्थामा भारतबाट नेपालतर्फ भागेर आइरहेको अवस्थामा सिरहाको सिरहा नगरपालिका १७ माडरस्थित नेपाल–भारत दसगजा क्षेत्र नजिकबाट पक्राउ परेका हुन् ।

गोप्य सूचनाको आधारमा डिएसपी पासवानको कमाण्डमा खटेको प्रहरी टोलीले आरिफलाई हात, खुट्टा लगायत शरीरका बिभिन्न भागमा चोट लागेर घाइते भएको अवस्थामा मंसिर २९ गते बिहान नै नियन्त्रणमा लिएको थियो । उनको सिरहा प्रादेशिक अस्पतालमा उपचार पश्चात सोमबार थप अनुसन्धान तथा कारबाहीको लागि इलाका प्रहरी कार्यालय मिर्चैया पठाइएको डिएसपी पासवानले बताए । त्यसपछि मात्रै प्रहरीले यो सूचना सार्वजनिक गरेको हो ।

Advertisement 2

डिएसपी पासवानका अनुसार आरिफ १६ जेठ २०८० मा दिउँसै महोत्तरीको महोत्तरी गाउँपालिका २ स्थित एनएमबि बैंकमा ४र५ जनाको हतियारधारी समूहले ३८ लाख रुपैयाँ लुटपाट गरेको घटनामा संलग्न भएको फरारी अभियुक्त रहेका छन् ।

यस्तै १० फागुन २०७९ मा सिरहाको कल्याणपुरस्थित ग्लोबल आईएमई बैंक शाखा कार्यालय कल्याणपुरका सहायक लेखापाल बर्ष ४३ का उपेन्द्र साहले मिर्चैया नगरपालिका ६ स्थित रहेको ग्लोबल आईएमई बैंकबाट ९ लाख रुपैयाँ लिएर ज.६.प.८१८५ नम्बरको मोटरसाइकलमा आउँदै गर्दा मिर्चैया नगरपालिका -३ बताहा पुल नजिक ४ जनाको हतियारधारी समूहले लुटपाट गरेर भागेका थिए । सो घटनामा पनि आरिफको संलग्नता रहेको डिएसपी पासवानले बताए ।

Advertisement 3

उनीमाथि भारत विहारको मधुवनी जिल्लामा हातहतियार, लुटपाट लगायत मुद्दा दर्ता रहेको र उनलाई पक्राउ गर्न भारतीय प्रहरीले २५ हजार रुपैयाँ पुरस्कारको घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!