Listen LIVE

सिराज खान

Advertisement 1

नेपालगन्ज, मंसिर १० गते । बाँकेका ग्रामीण क्षेत्रका वासिन्दाहरुको आँखामा मोतिया बिन्दुको समस्या बढ्दै गएको पाइएको छ । बेला बेलामा ग्रामीण क्षेत्रहरुमा आयोजना गरिने निःशुल्क आँखा परीक्षण शिविरमा धेरैको आँखामा मोतियाबिन्दु देखिने गरेको नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालले जनाएको छ ।

 

Advertisement 2

नेपाल नेत्रज्योति संघ, फत्तेबाल आँखा अस्पताल फुल्टेक्रा नेपालगन्जका अनुसार गत केही समय यता आएर जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा आयोजना गरिएको आँखा उपचार शिविरहरुमा धेरै जनामा मोतियाबिन्दु देखिन थालेको हो ।

 

Advertisement 3

सोहीक्रममा जिल्लाको खजुरा गाउँपालिकाको वडा १ र २ मा रहेको राधापुर र सितापुर स्वास्थ्य चौकीमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा ३५१ जना बिरामीको निःशुल्क आँखा परीक्षण गरिएको थियो ।

 

त्यसमध्ये ७३ जनामा मोतिविन्दु देखिएकोले उनीहरुको निःशुल्क शल्यक्रियाका लागि फत्तेबाल आँखा अस्पताल नेपालगन्जमा रिफर गरिएको छ । राधापुर स्वास्थ्य चौकीमा आँखा परिक्षण गराउने १३६ जना रहेको र त्यसमध्ये २५ जनालाई मोतिबिन्दु भएको पत्ता लागेको थियो । वडा नम्बर २ मा रहेको सितापुर स्वास्थ्य चौकीमा गरिएको आँखा परीक्षणमा २१५ जनाले आँखा परीक्षण गराएकोमा ४८ जनालाई मोतिबिन्दु रहेको पाइएको नेत्र अधिकृत छन्दुलाल थारुले बताउनुभयो ।

 

खजुरा गाउँपालिकाको वडा नम्बर ३ र ४ मा रहेको स्वास्थ्य चौकीमा पनि निःशुल्क आँखा स्वास्थ्य शिविर सञ्चालन गरिने जनाइएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!