नेपालगञ्ज : जम्मू –कश्मीरको पहलगाममा हालै भएको आतंकवादी हमलापछि भारत–नेपाल सीमामा उच्च सुरक्षा सतर्कता जारी गरिएको छ। विशेषगरी बाँके को नेपालगन्ज–रुपैडिहा इन्डिया – नेपाल बोर्डरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
Advertisement 1

भारतीय सशस्त्र सीमा बल (SSB) ले सीमाक्षेत्रमा सुरक्षा निगरानी तीव्र बनाएको छ। रुपैडिहा नाकाबाट नेपाल प्रवेश गर्ने वा भारत जाने सबै सवारीसाधन र यात्रुहरूको विस्तृत चेकिङ भइरहेको छ। बोर्डर क्षेत्रमा प्रहरी, सुरक्षाकर्मी र खुफिया निकायको उपस्थिति उल्लेख्य रूपमा बढाइएको छ।
Advertisement 2

२२ अप्रिलमा जम्मू–कश्मीरको बैसरन उपत्यकामा भएको आतंकवादी आक्रमणमा एक नेपाली नागरिकसहित २७ जनाको मृत्यु भएपछि भारतीय सुरक्षा संयन्त्र सतर्क बनेको हो। यस हमलापछि भारतको केन्द्र सरकारले सीमाक्षेत्रहरूमा निगरानी बढाउन निर्देशन दिएको जनाइएको छ।
Advertisement 3

नेपालगन्ज–रुपैडिहा नाका, जुन भारत र नेपालको बीचको मुख्य व्यापार तथा यात्रु आवागमनको केन्द्र हो, अहिले पूर्ण सतर्कतामा राखिएको छ। एसएसबीले विशेष दस्ताबेज जाँच, यात्रुको पहिचान पुष्टि, झोलाको स्क्यानिङ तथा सवारीको गहिरो निरीक्षणलाई प्राथमिकता दिएको छ।

नेपाल र भारत दुवै पक्षका सुरक्षा अधिकारीहरूबीच नियमित समन्वय कायम गरिएको छ। रूपन्देही, बाँके लगायतका सीमावर्ती जिल्लामा पनि निगरानी बढाइएको छ।
सुरक्षा अधिकारीहरूले सीमामा यात्रा गर्ने सबैलाई आवश्यक कागजात लिएर मात्र नाका पार गर्न आग्रह गरेका छन्। बोर्डर क्षेत्रमा देखिने असामान्य गतिविधिबारे तुरुन्त सुरक्षाकर्मीलाई जानकारी गराउन पनि अनुरोध गरिएको छ।
तस्बिर तथा जानकारी सहयोग:सन्तोष शुक्ल,रुपैडिहा समाचारदाता अपडेटका लागि हामीसँग सम्पर्कमा रहनुहोस्।










प्रतिक्रिया