Listen LIVE

सन्देश भुसाल, नेपालगञ्ज । “स्वेच्छिक रक्तदान, जीवनदान” भन्ने मूल नाराका साथ नेपालगन्ज उद्योग वाणिज्य संघ, बाँकेको आयोजनामा वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

Advertisement 1

नेपालगन्ज उद्योग वाणिज्य संघको प्राङ्गणमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधि, युवा तथा स्थानीय बासिन्दासहित ११२ जनाले रक्तदान गरेका छन्।

Advertisement 2

 

रगतको अभावका कारण उपचारमा समस्या नहोस् र आपत्कालीन अवस्थामा आवश्यक पर्ने रगत सहज रूपमा उपलब्ध गराउन सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

Advertisement 3

रक्तदान कार्यक्रममा सहभागीहरू बिहानैदेखि उत्साहका साथ उपस्थित भएका थिए। रक्तदानमार्फत मानवीय सेवामा योगदान पुर्‍याउन सकिने सन्देशसहित आयोजित कार्यक्रममा सहभागीहरूले स्वेच्छिक रूपमा रक्तदान गरेका हुन्।

 

कार्यक्रमलाई व्यवस्थित तथा सुरक्षित रूपमा सम्पन्न गर्न नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्र, बाँके ले प्राविधिक सहयोग गरेको थियो। रक्त सञ्चार केन्द्रका प्राविधिक टोलीले आवश्यक स्वास्थ्य परीक्षण तथा मापदण्ड पूरा गरी रगत संकलन गरेको आयोजकले जनाएको छ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने रक्तदाता, सुरक्षाकर्मी, स्वयंसेवक, प्राविधिक टोली तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा संलग्न सबैप्रति नेपालगन्ज उद्योग वाणिज्य संघले आभार व्यक्त गरेको छ।

 

आयोजकका अनुसार यस्ता सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रमले समुदायमा सहयोग र सद्भावको भावना बढाउनुका साथै रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। संघले आगामी दिनमा पनि जनहितसँग जोडिएका सामाजिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!