Listen LIVE

नेपालगञ्ज । गृहमन्त्रीको सचिवालयका सदस्यहरूसँग आफ्नो सम्पर्क रहेको भन्दै अडियो संवाद गरेको विषयमा एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ बस्दै आएका ३७ वर्षीय आशिष मल्ल भनिने धर्मराज मल्ललाई पक्राउ गरेको जनाएको छ।

Advertisement 1

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सामाजिक सञ्जालमा व्यक्तिगत प्रतिष्ठा तथा सार्वजनिक मर्यादाविपरीत प्रसारण भएको अडियो संवादको वास्तविकता बुझ्न मल्लसँग सोधपुछ गर्ने क्रममा प्रहरी टोलीमाथि गालीगलौज गर्नुका साथै सार्वजनिक स्थानमा अशान्ति सिर्जना गरी अभद्र व्यवहार गरेको पाइएको थियो।

Advertisement 2

 

प्रहरीले उनलाई नियन्त्रणमा लिएर अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराएको जनाएको छ। जिल्ला प्रशासन कार्यालयबाट उक्त कसुरमा दुई दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Advertisement 3

 

बाँकेमा ६ वटा मुद्दा दर्ता रहेको खुलासा

मल्लको CRS विवरण जाँच गर्दा जिल्ला प्रहरी कार्यालय बाँकेमा उनीविरुद्ध विभिन्न ६ वटा मुद्दा दर्ता रहेको समेत खुलेको प्रहरीले जनाएको छ।

 

प्रहरीका अनुसार उनीविरुद्ध बाँकेमा दूरसञ्चार ऐन, अभद्र व्यवहार, बैंकिङ कसूर तथा ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता रहेको छ।

 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मल्लविरुद्ध बाँकेमा दर्ता भएका मुद्दामध्ये केहीमा उनी फरार रहेको विवरणसमेत भेटिएको छ।

 

प्रहरीले सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको अडियोको वास्तविकता बुझ्ने क्रममा मल्लसँग सोधपुछ गर्न खोज्दा उनले प्रहरीमाथि अभद्र व्यवहार गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक एवं प्रवक्ता/सूचना अधिकारी दानबहादुर थापाले जारी गरेको विज्ञप्तिमा उक्त जानकारी सार्वजनिक गरिएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!