Listen LIVE

नेपालगञ्ज, बाँके : नेपालगञ्ज बिपी चोकका स्थायी बासिन्दा राजा खान, विगत १८ वर्षदेखि अमेरिकामा एक सफल व्यवसायीका रूपमा कार्यरत छन्। तर, उनको मन र माया अझैपनि आफ्नै जन्मथलो नेपालगञ्जमा गहिरो रूपमा जकडिएको छ। सामाजिक सेवामा समर्पित मन लिएर अघि बढिरहेका खान, विदेशमा आर्जन गरेको आम्दानीको महत्वपूर्ण अंश नेपालगञ्जको विकासमा खर्च गर्दै आएका छन्। सामाजिक र खेलकुद क्षेत्रमा उनले पु¥याएको योगदानले उनलाई ‘मनकारी समाजसेवी’को रूपमा चिनाएको छ।

Advertisement 1

नेपालगञ्जमा भव्य रुपमा ‘राजा खान नेपालगञ्ज टी–१२’ रात्रीकालीन क्रिकेट प्रतियोगिता हुँदै

राजा खान नेपालगन्जद्वारा दावते इस्लामी नेपाललाई रु. १ लाख बराबरको सहयोग

Advertisement 2

नेपालगञ्जमा समाजसेवी राजा खान नेपालगन्जद्वारा शैक्षिक सामग्री वितरण

 

Advertisement 3

राजा खानको सामाजिक कार्यप्रतिको यात्रा सामान्य हैन। उनी भन्छन्, “बुबा, आमा, दाजु र एकदमै मिल्ने साथी दिवंगत भएपछि मैले जीवनको वास्तविकता महसुस गरेँ—हामीले जति कमाए पनि अन्ततः यहीँ छाडेर जानुपर्ने रहेछ।” यही भावनाले उनलाई जीवनको उद्देश्य परिवर्तन गर्न प्रेरित गर्‍यो।

आज उनी विदेशमा बसेर पनि नेपालमा समाजको हितका लागि निरन्तर काम गरिरहेका छन्। उनको सोच छ—”यदि आम्दानीको केही हिस्सा सामाजिक क्षेत्रमा लगाउन सकियो भने त्यसले समाजमा ठूलो परिवर्तन ल्याउन सक्छ।”

 

खेलकुद, विशेषगरी क्रिकेट, राजा खानको आत्मामा गहिरो रूपमा बसेको छ। उनले नेपालगञ्जको रंगशालामा विगतमा धेरै खेलहरू खेलेका छन्। उनले नेपाली खेल क्षेत्रको, खासगरी नेपालगञ्जको क्रिकेट विकासमा निरन्तर सहयोग गर्दै आएका छन्।

 

उनको भनाइ अनुसार, “खेल हेर्न, खेल खेल्न अनि खेलमा सहयोग गर्न मलाई अत्यन्तै मन पर्छ। म आज पनि विभिन्न खेल गतिविधिहरूमा सक्दो साथ दिइरहेको छु।”

 

नेपालगञ्जमा पहिलो पटक आयोजना हुन लागेको लुम्बिनी कप महिला फुटबल प्रतियोगिताप्रति उनी निकै उत्साहित छन्। यो प्रतियोगिता वैशाख ५ गतेदेखि सुरु हुँदैछ, जसलाई उनले महिला सशक्तिकरणको एउटा ऐतिहासिक अवसरको रूपमा लिएका छन्।

 

“नेपालमा महिला लक्षित खेलहरू कम हुने गरेका छन्। तर, लुम्बिनी कप महिला फुटबलले त्यो खालीपनलाई भरिदिने छ। नेपालगञ्जमा पहिलो अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिता हुन लागेको यो मौका ऐतिहासिक बन्नेमा म विश्वस्त छु,” उनी भन्छन्।

 

उनले स्पष्ट रुपमा बताए, “म यो प्रतियोगितामा मेरो तर्फबाट सबैखाले सहयोग गर्नेछु।”

 

राजा खानको विचारमा, महिला फुटबल लगायत सम्पूर्ण खेल क्षेत्रको सुधारका लागि सामूहिक प्रयास आवश्यक छ। उनी भन्छन्, “यहाँ रहेका उद्योगी, व्यापारी, चिकित्सकजस्ता व्यक्तिहरूले आफ्नो वार्षिक आम्दानीको केही हिस्सा खेल क्षेत्रमा छुट्याउने हो भने धेरै प्रतियोगिता आयोजना गर्न सकिन्छ। त्यो आधारमा नयाँ खेलाडी उत्पादन हुन्छन् र खेल क्षेत्रको गुणस्तर पनि बढ्छ।”

 

उनको धारणा अनुसार, निजि लगानी मात्र पर्याप्त छैन। सरकारले पनि खेलकुदमा विशेष बजेट छुट्याएर संरचनागत विकास गर्नुपर्छ।

 

अमेरिकामा व्यवसाय सञ्चालन गरिरहँदा पनि राजा खानको मन जन्मथलोमै अडिएको छ। “विदेशमा कमाएको पैसाको केही हिस्सा समाजको हितमा खर्च गर्दा साँचिकै आनन्द मिल्छ। मलाई नेपालगञ्जको माया गहिरो छ,” उनी भावुक हुँदै भन्छन्।

 

नेपालगञ्ज फर्केपछि उनले आफूलाई सामाजिक काममा पूर्ण रूपमा समर्पित गरिरहेका छन्। युवाहरुलाई खेल क्षेत्रमा अघि बढाउने प्रेरणाको स्रोत बनेका छन्। उनको निरन्तर प्रयासले नेपालगञ्जको सामाजिक र खेलकुद क्षेत्रको रूप फेरिदिएको देखिन्छ।

 

राजा खानको कथा केवल सफल व्यवसायीको मात्र हैन, त्यो त एउटा समर्पित समाजसेवीको प्रेरणादायी यात्रा हो। समाजसेवा, खेलप्रतिको प्रेम, महिला सशक्तिकरणको पक्षमा अडिग अठोटले उनलाई नेपालगञ्जको ‘मनकारी अभियन्ता’को रूपमा स्थापित गरेको छ।

 

उनीजस्ता व्यक्तिहरूको निरन्तर योगदानले गर्दा नेपालगञ्जले सामाजिक रूपान्तरण र खेलकुद क्षेत्रमा नयाँ गति पाइरहेको छ। राजा खान, वास्तवमै समाज र खेलकुदको सेवामा समर्पित एक प्रेरक नाम हो।

यो लेख सहकर्मी साथी सावित्री गिरी सँगको एक अन्तर्वार्ता बाट साभार गरियको हो|

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!