रोल्पा, फागुन १८ : रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ सुलीचौरस्थित एक होटलमा मदिरा सेवन गरिरहेका एक व्यक्तिको मृत्यु भएको छ। लुंग्री गाउँपालिका–६ उपल्लो गुमचालका ३३ वर्षीय रामबहादुर बुढाथोकीको मदिरा सेवनका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
Advertisement 1
रामबहादुर आइतबार दिउँसो साढे ३ बजेतिर सो होटलमा पुगेका थिए। होटल सञ्चालकसँग उनको कुनै चिनजान थिएन। उनले होटलमा मदिरा मगाएर पिउन थाले।
Advertisement 2
साढे ५ बजेतिर होटल सञ्चालकले उनलाई कुर्सीबाट भुइँमा लडेको अवस्थामा देखेकी थिइन्। उठाउन प्रयास गरे पनि उनी अचेत अवस्थामा नै रहे। त्यसपछि साँझ ६ बजेतिर प्रहरीले घटनाको जानकारी पायो।
Advertisement 3
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%










प्रतिक्रिया