Listen LIVE

नेपालगञ्ज । समीक्षा अधिकारी पछिल्लो समयकी व्यस्त गायिका हुन् । मेला, महोत्सवदेखि विदेशसम्मका कार्यक्रममा उनको उच्च माग छ । अघिल्लो सातामात्रै उनी बहराइनमा आफ्नो प्रस्तुती दिएर स्वदेश फर्किइन् भने स्वदेश फर्किएलगत्तै शुक्रबार बुटवल पुगिन् ।

Advertisement 1

 

उनी बुटवलमा आयोजित एक मेलामा प्रस्तुतिका लागि त्यहाँ पुगेकी हुन् । विभिन्न अप्ठ्यारा परिस्थितिलाई पार गर्दै अघि बढिरहेकी समीक्षाको चरित्रहत्या हुने गरी सामाजिक सञ्जालमा भिडियो भाइरल गराइएको पाइएको छ ।

Advertisement 2

 

जुन भिडियो वास्तविक नभएर एआईको प्रयोग गरेर बनाइएको हो । यसबारे जानकारी पाएपछि शनिबार समीक्षाले आपत्ति जनाउँदै साइबर ब्युरोमा उजुरी दिने बताएकी छन् ।

Advertisement 3

 

उनले भनेकी छन्- ‘एआई प्रयोग गरी मेरो चरित्रहत्या हुने भिडियो बनाएर भाईरल गरिएको देखें। यत्तिकै सिर्जनशीलता र समय राम्रो काममा खर्चिएको भए तपाईंहरु ९जसले भिडियो बनाए०को वर्तमान र भविष्य उज्जवल हुनेथियो। मैले पनि कानुनी उपचार खोज्नुपर्ने थिएन। साइबर ब्युरो जाँदैछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!