खजुरा,बाँके । राजनीतिमा धेरैले भाषण गर्छन्, कमैले काम देखाउँछन्। बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका नेकपा एमालेका युवा नेता सुमन मल्ल भने कामकै कारण जनताबीच चिनिएका नेता हुन्। स्थानीय तहबाटै जनजीवनसँग गाँसिएर काम गरेका मल्ल आज संघीय राजनीतिमा पुग्ने यात्रामा छन्, जहाँ जनताले उनीबाट फेरि पनि भरोसा गरेका छन्।
Advertisement 1
खजुरा गाउँपालिका–१ का पूर्व वडाध्यक्ष मल्लको नाम स्थानीयले विशेषगरी कोभिड–१९ महामारीसँग जोडेर सम्झिन्छन्। त्रास, अभाव र अन्योलले सबै थलिएका बेला उनले नेतृत्व मात्रै गरेनन्, मानवीय संवेदनशीलता पनि देखाए। संक्रमित तथा अन्य बिरामीका लागि विशेषज्ञ चिकित्सकको व्यवस्था, निःशुल्क अक्सिजन सिलिन्डर वितरण र उपचारमा पहुँच नपुग्ने अवस्था नआओस् भन्ने उनको प्रयास धेरैका लागि जीवनरक्षक बन्यो।
Advertisement 2
महामारीअघि नै उनले प्रविधिलाई सेवा बनाउँदै वडाभर निःशुल्क वाइफाइ सेवा विस्तार गराएका थिए। यसले विद्यार्थी, युवा, साना व्यवसायी र सर्वसाधारणलाई सूचना र अवसरसँग जोड्यो। त्यस्तै, वडाका मुख्य सडक र चोकहरूमा जडान गरिएका स्ट्रीट लाइटले रातको सुरक्षा र आवागमन सहज बनाएको स्थानीयहरू बताउँछन्।
Advertisement 3
२०७४ सालको स्थानीय तह निर्वाचनमा अत्यधिक मतका साथ निर्वाचित मल्लले वडाध्यक्ष हुँदा सेवा सुविधा र तलब भत्ता नलिने निर्णय गरेर राजनीतिलाई सेवाको अभ्यासका रूपमा प्रस्तुत गरे। जनतासँग प्रत्यक्ष संवाद, समस्या पहिचान र तत्काल समाधानको कार्यशैलीले उनी ‘फोन उठाउने नेता’ का रूपमा चिनिए।
युवामाझ लोकप्रिय मल्ल नेकपा एमालेभित्र पनि सक्रिय र संगठित नेताका रूपमा स्थापित छन्। युथ फोर्सको केन्द्रीय सदस्य हुँदै बाँके जिल्ला कमिटी सदस्यसम्म जिम्मेवारी सम्हाल्दै उनले लामो समय सामाजिक र संगठनात्मक काममा सक्रियता देखाए। दलित समुदायका विद्यार्थीलाई शिक्षा क्षेत्रमा सहयोग गर्नु र रोजगारी खोजिरहेका युवालाई अवसरसँग जोड्ने उनको प्रयास निरन्तर चलिरहेको छ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा खजुरा गाउँपालिकाको अध्यक्ष पदमा झिनो मतान्तरले पराजित भए पनि पराजयले उनलाई जनताबाट टाढा बनायो भन्ने देखिएन। उल्टै, सामाजिक सक्रियता र जनसम्पर्क अझै मजबुत बन्यो। सुख–दुःखमा साथ दिने स्वभावकै कारण धेरै स्थानीयले उनलाई आफ्नो नजिकको प्रतिनिधि मान्छन्।
हाल बाँके–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका मल्लले विकास, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, उद्योग प्रवर्द्धन, शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तार तथा डिजिटल सेवा विस्तारलाई मुख्य एजेन्डा बनाएका छन्। संघीय संसदमा पुगेर क्षेत्रको आवाज मजबुत रूपमा उठाउने उनको प्रतिबद्धता छ।
मनोनयन दर्ताका क्रममा देखिएको जनउत्साह, एमालेभित्रका प्रभावशाली युवा नेताहरूको समर्थन र अन्य दलका समर्थकबाट समेत देखिएको सहानुभूतिले मल्लको उम्मेदवारीलाई थप बलियो बनाएको राजनीतिक विश्लेषकहरूको निष्कर्ष छ।
देखावटी नाराभन्दा परिणाममा विश्वास गर्ने सुमन मल्ल आज बाँके–३ मा केवल उम्मेदवार होइनन्, कामको आधारमा आशा जगाउने नेताका रूपमा उभिएका छन्।










प्रतिक्रिया