Listen LIVE

ताप्लेजुङ : विद्युत् प्राधिकरणको चरम लापरबाहीका कारण स्कुलबाट घर फर्किँदै गरेकी बालिकाको भुइँमा खसेको बिजुलीको तारबाट करेन्ट लागेर मृत्यु भएको छ ।

Advertisement 1

 

ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा ३ की स्थानीय साङ्गे शेर्पाकी सात वर्षीया छोरी मंसिरी शेर्पाको करेन्ट लागेर मृत्यु भएको हो ।

Advertisement 2

 

करेन्ट लागेर गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल लगिएपनि अस्पतालले मृत घोषणा गरेको हो ।

Advertisement 3

 

जिल्ला प्रहरी प्रमुख डीएसपी रवि रावलका अनुसार स्कुलबाट फर्किंदै गर्दा बाटोमा खसेको बिजुलीको तारबाट उनलाई करेन्ट लागेको थियो ।

 

विद्युत् प्राधिकरणको चरम लापरबाहीका कारण बालिकालाई करेन्ट लागेर उनको ज्यान गएपछि स्थानीयबासीले आक्रोश पोखेका छन् । यसबारे विद्युत् प्राधिकरणले कानुन बमोजिम क्षतिपूर्ति दिने सहमति भएको डीएसपी रावलले जानकारी दिए ।

 

बालिकाको शव पोस्टमार्टमपछि आफन्तले जिम्मा लिएका छन् । सोही ठाउँमा दुई वर्षअघि पनि यस्तै किसिमबाट करेन्ट लाग्दा एकजनाको मृत्यु भएको थियो ।

 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!