बाँके, सोमबार – हालै बाँके जिल्लाको प्रहरी प्रमुखको रूपमा नियुक्त भएका प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) राम प्रसाद घर्तीले सोमबार एक पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा आफ्नो कार्यदिशा सार्वजनिक गरेका छन्।
Advertisement 1
जिल्ला प्रहरी कार्यालय बाँकेमा आयोजित कार्यक्रममा एसपी घर्तीले कानूनको शासन बलियो बनाउने, लागुऔषध नियन्त्रण गर्ने तथा आपराधिक गतिविधिमाथि कडा निगरानी राख्ने प्रतिबद्धता व्यक्त गरे। साथै, प्रहरी सेवामा पारदर्शिता, जनमैत्रीता र सञ्चारकर्मीहरूसँग सहकार्यलाई प्राथमिकतामा राख्ने स्पष्ट संकेत दिए।
Advertisement 2
“म खुला ढोका नीतिमा विश्वास गर्छु। सञ्चारकर्मीहरू हाम्रो ऐना हुन्। तपाईंहरूको सुझाव, प्रश्न र आलोचना हाम्रो सुधारको आधार हो,” घर्तीले बताए।
Advertisement 3
कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँके शाखाका पदाधिकारीहरू, विभिन्न सञ्चारमाध्यमका सम्पादक, पत्रकार तथा वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति थियो। सहभागीहरूले प्रेस र प्रहरीबीचको सहकार्य अझ बलियो बनाउनु पर्नेमा जोड दिएका थिए।
सौहार्दपूर्ण वातावरणमा सम्पन्न उक्त कार्यक्रममा एसपी घर्तीको स्पष्ट कार्ययोजना र संवादमुखी शैलीले बाँके जिल्लामा जनसुरक्षा र सुशासनप्रति नयाँ आशा जागृत गराएको सहभागीहरूको धारणा थियो।







