Listen LIVE

सन्देश भुसाल,कोहलपुर : बाँकेको बैजनाथ गाउँपालिका–४ का १० वर्षीय कुशल बुढाको शव एक हप्तापछि खाल्डोमा गाडिएको अवस्थामा फेला परेको छ।

Advertisement 1

 

कोहलपुर मावि कक्षा ३ मा अध्ययनरत कुशल बैशाख ८ गतेदेखि हराएका थिए। आमाले इलाका प्रहरी कार्यालय कोहलपुरमा हराइरहेको निवेदन दिएकी थिइन्। शनिबार बाख्रा चराउन गएका स्थानीयले खेतमा खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको प्रहरी टोलीले बालकको शव खाल्डोमा गाडिएको अवस्थामा फेला पारेको हो।

Advertisement 2

 

शवभन्दा केही पर परालले छोपिएको अवस्थामा एक साइकल र कुशलकै टिसर्ट समेत भेटिएको प्रहरीले जनाएको छ।

Advertisement 3

 

स्थायी रूपमा बैजनाथ–४ नौलापुर घर भएका कुशलका बुबाको केही वर्षअघि नै मृत्यु भइसकेको थियो। उनकी आमा यशोधा बुढाले त्यसपछि निरकनाथ योगीसँग दोस्रो विवाह गरेकी थिइन्। उनीहरू कोहलपुरमा डेरा गरी बस्दै आएका थिए।

 

शंका लागेपछि बालककी आमा यशोधा बुढा र उनका दोस्रो पति निरकनाथ योगीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ। घटनाको विस्तृत अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!