सन्देश भुसाल, खजुरा, बाँके : बाँकेको खजुरास्थित ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानल विजयी भएको छ। मंगलबार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार अध्यक्ष पदमा अनेरास्ववियुका सर्विन महतो निर्वाचित भएका छन्। महतोले ११२ मत प्राप्त गर्दै अखिल (क्रान्तिकारी) नेतृत्वको संयुक्त प्यानलका अध्यक्ष पदका उम्मेदवार मो. आसिफ साईलाई पराजित गरे। साईले ६४ मत प्राप्त गरेका थिए। त्यस्तै, सचिव पदमा नेविसंघका सविनकुमार खत्री र कोषाध्यक्ष पदमा नेविसंघकै ममता कार्की निर्वाचित भएका छन्। सदस्य पदमा कसिस लामा, निरुता रावत, र आस्था कुमारी थारु निर्वाचित भएका छन्। जसमध्ये लामा र रावत अनेरास्ववियु तथा थारु नेविसंघबाट उम्मेदवार रहेका थिए। निर्वाचन समितिका अनुसार कुल २०१ मतदातामध्ये १७७ जनाले मतदान गरेका थिए। Post navigation तुलसीपुरमा बस दुर्घटना, १४ जना घाइते सक्किगोनि’ तेस्रो सिजन विश्राममा, चौथो सिजनको तयारी सुरू