Listen LIVE

नेपालगन्जको इतिहास

जङ्गबहादुरले बिर्टिस साम्राज्यको सेवा गरेबापत पाएको नयाँ मुलुकमा नयाँ गन्ज बनाउने निर्णय गरे । त्यसमध्ये एकको नाममा पुरै नेपालको गन्ज भनेर नेपालगन्ज राख्य । यो शहर बसाउन जङ्गबहादुरले आफ्नो विश्वासी कर्मचारी सुब्बा पदम नाम जोशीलाइ पठाएका थिए। त्यसभन्दा पहिले यहा कुनै बजार थिएन ।

Advertisement 1

नेपाल भारत सिमानामा जैसपुर बाजार थियो त्यहाँ हाटबजार लाग्थ्यो। लखनउ , रायबरेली , कानपुरका व्यपारी वैलगाडामा नेपाल आइ पाहाड बाट नेपालीहरुले ल्याएका जडिबुटी, घिउ , फलफूल खरिद गर्थे भने नेपालीहरुले नुनतेल, लत्ताकपडा लगायतका सामाग्री किनेर लैजाने गर्थे । त्यसपछि जङ्गबहादुरका निर्देशन अनुसार ठुला-ठुला सडक र चोक सहित को बजार बनाइयो । त्यसबेला सुबिधा सम्पन्न ३६५ कोठिको निर्माण गरियो ति सरकारी कोठि सडकका दुबै पट्टी एकनासको झिङ्गठिले (खरले बनाइएको झुपडी) छाएर निर्माण गरियो। शहरलाई विकसित बनाउन बिश्सग्य वाट व्यपारी झिकाइ त्यसैलाइ पछि विषकोरियन टोल भनियो ।

विसं १९१६ मा नेपालगन्ज शहर निर्माण गर्न थालियको इतिहास छ वस्ति बसाल्ने अभियान भने विसं १९३८ सालमा पुरा गरियो ।  शहर बसाउने समयका चिफ कर्नेल लोकबहादुर थापाले कठ महलमा यग्य गरेर  लोकभक्तेश्वर महादेवको मन्दिर बनाए त्यसैबेला कठमहलको दछिन पट्टी खनिएको तलाउलाइ आफ्नो रानिको न‌ाममा घाटहरु बनाइ रानि तलाउ नाम दिए ।

Advertisement 2


जङ्गबहादुरको निर्देशनमा २ वर्षको म्याद तोकि सरकारी कोठाहरू बनाए लखनउको अमिनावादको चोक जस्तै भएर समर्चना भएको भवन निर्माणको माग थियो। शहर बस्ने क्रममा वाग्यश्वरी मन्दिरको उत्तरमा घरवारी टोल , दछिनमा टाउनहल सम्म सिमित सहर क्रमस बढदै गयो पछि धिरसमसेरका छोराहरू द्वारा जङ्गबहादुरका सन्तान लखटिएपछि सुब्बा पदम नाम जोशी पनि इलाहाबाद गएर बसे । विरसमसेरको पालामा पदमनामका सन्तान फेरि नेपाल आए उनिहरुले फुलटेक्रा लाइन विस्तार गरेको नेपालका एक पुराना व्यपारी सतिशचन्द्र अग्रवाल बताउछन ।


पछि वडा हाकिम बस्ने घर , अस्पताल, जुद्ध मिडिल स्कूलका कारन शहर दछिन  तर्फ बिस्तार भयो यसै क्रममा ठठेरहरको वस्ति ठठेरहन टोल , लेखकहरुको वस्ति लखेरहन टोल , कुमालहरुको वस्ति कुमारहन टोल , मुस्लिमहरूको वस्ति एकलैनी (कौवा खानि ) ,जुलाहनहरुको वस्ति जुलाहरन टोल आदि नाम राखियो र जातिय रुपमा एकिकृत भइ शहर बिस्तार गरियो र यसरी नेपालगन्ज सहर हुन (बन्न) पुग्यो।
स्रोत : सामाजिक सन्जाल

Advertisement 3

 

१९७३ नेपालगन्ज नजिकको एक माध्यमिक बिद्यालय भवन र कर्मचारीहरु

१९७३ नेपालगन्ज नजिक पर्खाल बिनाको एक प्रथामिक बिद्यालय भवन

१९७३ वनस्पति सर्वेक्षण कार्यलयको भवन

२००४ अर्पिल १५ शाहि नेपालका शैनिकहरु राजाको शालिकको रक्षा गर्दै

२००४ अर्पिल १५ शाहि नेपालका शैनिकहरु राजाको शालिकको रक्षा गर्दै

 

सन १९७३बाग्यश्वरी मन्दिरको पोखरीमा रहेको जुङ्गेश्वर महादेवको मुर्ति

सन १९७३बाग्यश्वरी मन्दिरको पोखरीमा रहेको जुङ्गेश्वर महादेवको मुर्ति

सन १९७३बाग्यश्वरी मन्दिरको पोखरीमा रहेको जुङ्गेश्वर महादेवको मुर्ति

सन १९७३बाग्यश्वरी मन्दिरको आकाशे दृश्य

सन २०१२ अगस्ट ०२, नेपालगन्जको सदरलाइन त्रिभुवन चोक आकाशे दृश्य

सन २००७ जलाइ २०, नेपालगन्जको एक मस्जिद

सन १९७३ नेपालगन्ज नजिकको एक प्रथामिक बिद्यालयका बिद्यार्थीहरु

सन १९७३, नेपालगन्ज नजिकको एक खुल्ला प्रथामिक बिद्यालय संरचना एवं बिद्यार्थी

सन १९७३ , सरस्वती कन्या बिद्यालका छात्राहरु खाना पकाउदै

सन १९७३ , सरस्वती कन्या बिद्यालय भवन नेपालगन्ज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!