Listen LIVE

नेपालगञ्ज : बालिकाहरूको सहभागिता र मुद्दालाई प्राथमिकता दिँदै बर्दियाको मधुवन नगरपालिका–१, पत्थरबोझीमा दुई दिने बालिका सम्मेलन २०८१ सम्पन्न भएको छ। बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जनसेवा केन्द्रले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा आयोजना गरेको सम्मेलनमा बालिकाको अधिकार, समस्या, चुनौती तथा स्थानीय तहको योजना प्रक्रियामा उनीहरूको सहभागितालाई केन्द्रमा राखिएको थियो।

Advertisement 1

 

बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीका अनुसार सम्मेलनको मुख्य उद्देश्य निम्न रहेको छ:

Advertisement 2

बालिका सशक्तिकरण

बाल तथा किशोर अधिकारबारे सचेतना

Advertisement 3

किशोरीका समस्या समाधानका उपायहरू खोज्न सहयोग

स्थानीय तहको योजना प्रक्रियामा बालिकाहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नु

 

सम्मेलनले बालिकाका अधिकार र उनीहरूका सवाललाई सम्बोधन गर्ने उद्देश्यसहित ६ बुँदे संकल्प पारित गरेको छ:

  1. विवाहको उमेर २० वर्ष नै कायम राख्ने।
  2.  बाल विवाह अन्त्य गर्न किशोरी क्लबको अगुवाइमा समुदायमा सचेतना अभियान सञ्चालन गर्ने।
  3.  बालिका तथा किशोरीको समग्र विकासका लागि स्थानीय तहलाई बजेट विनियोजन गर्न दवाव दिने।
  4.  किशोरी क्लबले यौन तथा प्रजनन स्वास्थ्य अधिकारबारे सडक नाटक, ¥याली र अन्तरक्रियामार्फत सचेतना फैलाउने।
  5.  हरेक वर्ष बाल भेला तथा किशोरी भेला आयोजना गरी योजनाहरू तयार पारेर स्थानीय सरकारलाई बुझाउने।
  6.  बालिकाहरूका समस्या समाधानका लागि नौ बुँदे ज्ञापनपत्र तयार गरी सम्बन्धित निकायलाई बुझाउने।

 

बालिकाहरूका समस्याबारे तयार गरिएको नौ बुँदे ज्ञापनपत्र मधुवन नगरपालिकाकी उपमेयर अनिता चौधरी र गुलरिया नगरपालिकाकी उपमेयर सावित्रा गौतमलाई बुझाइएको छ। उपमेयरद्वयले सम्मेलनका निर्णयहरू कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।

 

कार्यक्रममा बाँके युनेस्को क्लबका पदाधिकारीहरू अध्यक्ष रविकुमार तुलाधर , प्रमुख संरक्षक प्रवेज अली सिद्दिकी , उपाध्यक्ष पंचम गुरुङ , कार्यकारी सहनिर्देशक महेश नेपाली को उपस्थिति रहेको थियो ।

 

सशक्त बालिका परियोजनाका संयोजक गोविन्दप्रसाद लामिछाने , मनोज पौडेल र फिल्ड कर्मचारीहरू भगवती विक , नग्मा मनिहार , रामबहादुर थारु , मिनु थारु सहभागी थिए।

 

कार्यक्रमको सहजीकरण कृष्ण प्रसाद पाण्डेले गरेका थिए भने बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत ईश्वर विकले सञ्चालन गरेका थिए।

 

बालिका तथा किशोरीका अधिकार, समस्या तथा उनीहरूको समग्र विकासमा टेवा पुर्‍याउने उद्देश्यसहित सम्पन्न भएको यस सम्मेलनले महत्वपूर्ण निर्णयहरू गरेको छ। स्थानीय तहका प्रतिनिधिहरूको प्रत्यक्ष सहभागिताले बालिकाका सवाललाई अब स्थानीय नीति तथा योजनामा प्राथमिकता दिने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!