नेपालगन्ज : आगामी कार्तिक २९ गतेदेखि मंसिर १८ गतेसम्म नेपालगन्जमा प्रथम कृषि, पर्यटन प्रर्वद्धन, व्यापारिक संरक्षण तथा साँस्कृतिक महोत्सव एक्स्पो सञ्चालन गरिंदैछ ।
Advertisement 1
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ स्थित वाटरपार्क नजिक खुला जमिनमा कला, संस्कृति संरक्षण सहितको संस्थाको भवन निर्माणका लागि नेपाल आदिवासी जनजाति महासंघ बाँके शाखाले उक्त साँस्कृतिक महोत्सव एक्स्पो गर्न लागेको हो।
आयोजक महासंघले यसका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको जनाएकोछ । उक्त साँस्कृतिक महोत्सव एक्स्पोमा जाती, जनजाति, कला, संस्कृति संरक्षणका साथै राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको बेजोड प्रस्तुती रहनेछ।
Advertisement 2
नेपालगन्ज न्यूरोड स्थित बौद्ध गुम्बामा आईतबार आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत महोत्सवको तयारीका बारेमा जानकारी गराइएको हो।
बीस दिनसम्म सञ्चालन हुने महोत्सवमा औद्योगिकत तथा व्यापारिकसहित २५० वटा स्टल राखिनेछ। भने कला, संस्कृति सम्बन्धि पौराणिक कला आतिव भेष्भुषाको प्रर्देशन, कृषि पर्यटन हस्तकलाका स्टलहरु, १२ जिल्लाका धार्मिक तथा पर्यटकीय स्टल, जातीय खाना प्रदर्शनी गरिने आयोजक महासंघले जनाएकोछ ।
Advertisement 3
आयोजक महासंघ बाँकेका अध्यक्ष एवम महोत्सव मुल समितिका संयोजक डम्बर बहादुर थापाले महोत्सव सञ्चालनमा साढे एघार लाख रकम खर्च हुने अनुमान गरेकाछन् । उनका अनुसार महोत्सव अवधिभर तीन लाख दर्शकले महोत्सव अवलोकन गर्ने र सोक्रममा ५ करोड बराबरको कारोबार मई संस्थाका लागि भवन निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको बताए।
महोत्सव प्रवेश शुल्क प्रतिब्यक्ति एक सय रुपैर्थी, विद्यार्थी र अपाङत्ता भएका व्यक्तिका लागि ७५ रुपैयाँ टिकट व्यवस्था गरिएकोछ। प्रत्येक टिकट विक्रीबाट असाह अपाङ सहयोगका लागि एक रुपैयाँ छुट्याइएको आयोजकले जनाएकोछ।
महोत्सवको मुख्य प्रायोजकले सात लाख, उपमुख्य प्रयोजकले ५ लाख, प्रायोजकहरुले दुई लाख र सह प्रायोजकले एक लाख रुपयाँ शुल्क तिर्नुपर्ने हुन्छ। हालसम्म प्रायोजकहरु फाइनल नभएको र धेरै जना सम्पर्कमा आएको आयोजकले जनाएकोछ ।
आयोजक संस्थाले महोत्सव सम्पन्न गर्न मुल आयोजक समिति डम्बर थापाको संयोजकत्वमा विभिन्न उपसमिति निर्माण गरेकोछ। महोत्सवको सचिवालय संयोजकमा राजन बहादुर रानामगर, सल्लाहाकर समिति संयोजक कृष्ण पुन मगर, सुरक्षा समिति संचोलक भुपेन्द्र पुन मगर, आर्थिक समिति अजय पुन मगर ‘गोपाल, अतिथि सत्कार संयोजक संगिता चौधरी, झौगी याली संयोजक गन बहादुर गुरुङ, सौस्कृतिक समिति संयोजक सुन्दर गुरुङ, स्वयमसेवक समिति संयोजक जनकपहराई मगर, प्राथमिक स्वास्थ्य उपचार संयोजक राजेन्द्र श्रेष्ठ र प्रचार-प्रसार संयोजकमा आदीवासी जनजाती पत्रकार महासंघका प्रतिनिधि अशोक थापा मगरलाई दिइएकोछ ।










प्रतिक्रिया