नेपालगञ्ज, बाँके : आज बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२३ स्थित भज्जीपुरुवा नजिकै भारतबाट अबैध रूपमा नेपालतर्फ ल्याइँदै गरेको ब्रोईलर कुखुराका चल्लाहरू बरामद गरिएको छ।

भारतको उत्तर प्रदेश अन्तर्गत बहराइच जिल्लाको रुपैडिहाका २५ वर्षीय शिव मनिहार (उर्फ सलमान) ले चोरी पैठारीमार्फत नेपाल भित्र्याउन लागेको अवस्थामा सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन्।

 

बरामद गरिएका चल्ला २० वटा कार्टुनमा रहेका थिए, जसको संख्या करीब २,००० पुगेको छ। ती चल्लाहरूको अनुमानित बजार मूल्य करिब दुई लाख रुपैयाँ रहेको जनाइएको छ।

 

बरामद सामग्री तथा पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीको लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्ज, बाँकेमा पठाइएको प्रहरीले जानकारी दिएको छ।

 

यसरी सीमावर्ती क्षेत्रमा सक्रिय अबैध पैठारीलाई रोक्न सुरक्षाकर्मीहरू सतर्क रहेको देखिन्छ।

 

Leave a Reply

error: Content is protected !!