Listen LIVE

बाँके : नेपालगञ्ज विमानस्थलमा आज एक संयुक्त कृत्रिम विमान दुर्घटना उद्धार तथा प्रतिकार्य अभ्यास सफलतापूर्वक सम्पन्न भएको छ। नेपालगञ्ज उपमहानगरपालिका-२२, राँझास्थित विमानस्थलमा सम्पन्न उक्त अभ्यासमा विभिन्न सुरक्षा निकाय र सरोकारवाला संस्थाहरूको सक्रिय सहभागिता रहेको थियो।

Advertisement 1

 

Advertisement 2

यस अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी बल, नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरू, नेपाल रेडक्रस सोसाइटी बाँकेका प्रतिनिधिहरू, र विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको उल्लेखनीय उपस्थिति र सहकार्य रहेको थियो।

Advertisement 3

उद्धार अभ्यासको मुख्य उद्देश्य आपतकालीन अवस्थामा हुने सम्भावित दुर्घटनामा सम्बन्धित निकायहरूबीचको समन्वय, तत्परता र प्रतिकार्य क्षमतालाई सुदृढ बनाउनु रहेको आयोजक संस्थाले जानकारी गराएको छ।

कार्यक्रमको अन्त्यमा सहभागी निकायहरूलाई प्रमाणपत्र प्रदान गर्दै भविष्यमा अझ प्रभावकारी उद्धार कार्यको लागि यस्ता अभ्यासहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!