Listen LIVE

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुँदै छ । यो खेल बिहान ९ः१५ बजेदेखि सुरु हुनेछ ।

Advertisement 1

 

विराटनगर सन्दीप लामिछानेको र सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदान उत्रिनेछ । सुदूरपश्चिमको यो पहिलो खेल हो । विराटनगर भने पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो ।

Advertisement 2

 

यस्तै, आजको दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा चितवनको यो दोस्रो खेल हो । चितवनले यसअघि आफ्नो पहिलो खेलमा हिजो

Advertisement 3

काठमाडौँ गुर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।

 

पोखराको भने प्रतियोगिताको पहिलो खेल हो । त्रिवि क्रिकेट मैदानमै हुने यो खेल दिउँसो १:१५ बजेदेखि सुरु हुनेछ । चितवन कुशल मल्लको र पोखरा कुशल भुर्तेलको कप्तानीमा मै उत्रिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!