Listen LIVE

काठमाण्डौ – कम्प्युटर प्रणालीमा समस्या देखिएर अवरुद्ध भएको राहदानी वितरण सेवा हिजो बेलुकादेखि सञ्चालनमा आएको छ । राहदानी विभागले सूचना निकालेर गएको बुधवारदेखि अवरुद्ध भएको सेवा अब पूर्ण रुपमा सञ्चालन भएको जानकारी दिएको हो ।

Advertisement 1

सेवा सञ्चालन भएसँगै अत्यावश्यक परेर विभागबाट सेवा लिन चाहने सेवाग्राहीले अनलाइन फाराम भरी विभागमा आवेदन दिनसक्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ ।

यसैगरी जिल्ला/इलाका प्रशासन कार्यालयहरू तथा विदेशमा रहेका नेपाली नियोगहरुमा क्रमशः सेवा विस्तार गरिने यसअघिको सूचनाअनुरूप काम भइरहेकाले आज मङ्गलवारदेखि परीक्षणको काम शुरू गरिने सूचनामा उल्लेख छ ।

Advertisement 2

यसअघि आवेदन गरिसकेका अर्थात बायोमेट्रिकसमेत भइसकेका सेवाग्राहीको राहदानी छपाइ नियमित प्रक्रियाबाट भइरहेको र सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालय तथा विदेशमा रहेका  नेपाली नियोगहरूमा पठाउन शुरू गरेको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!