Listen LIVE

दोलखा : दोलखाको जिरी नगरपालिका–२ पटासेका धनबहादुर तामाङले छिमेकी होमबहादुर तामाङको हत्या गरेका छन्। श्रीमतीसँगको अनैतिक सम्बन्ध रहेको शंका गर्दै २६ पुसमा उनले चिर्पट प्रहार गरेर ६१ वर्षीय होमबहादुरको ज्यान लिएका हुन्।

Advertisement 1

 

प्रहरीले दिएको जानकारीअनुसार, घटना २६ पुसमा भैँसी हराएको भन्दै धनबहादुर, उनकी श्रीमती गंगामाया तामाङ, छिमेकी होमबहादुर र शान्ता जिरेल भैँसी खोज्न जाँदा भएको थियो। भैँसी खोजेर फर्केपछि होमबहादुरलाई उनकै घरमा हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

Advertisement 2

 

अनुसन्धानमा धनबहादुरले गंगामायाँ र होमबहादुरबीचको सम्बन्ध थाहा पाएपछि आवेगमा आएर चिर्पटले प्रहार गरेका हुन्। घटना पछि धनबहादुर र शान्ताले प्रमाण नष्ट गरी गंगामायाँलाई सँगै लिएर घर फर्केका थिए।

Advertisement 3

 

दुई दिनसम्म घरभित्र शव लुकाएर राखिएको थियो। त्यसपछि, छिमेकीले कुकुरको छाउरो लिन जाँदा होमबहादुरको मृत्यु भएको थाहा पाएका थिए। परिवारले हाई ब्लडप्रेसका कारण मृत्यु भएको भन्दै शव जलाउने तयारी गरे पनि मृतकका जेठा छोराले हत्या भएको आशंका गर्दै प्रहरीलाई जानकारी दिए।

 

घटना सार्वजनिक भएपछि प्रहरीले शव नियन्त्रणमा लिएर पोष्टमार्टमका लागि पठाएको छ। हत्यामा संलग्न रहेको आरोपमा धनबहादुर तामाङ, उनकी श्रीमती गंगामाया तामाङ र शान्ता जिरेललाई पक्राउ गरिएको छ।

 

प्रहरीले तीनै जनालाई जिल्ला अदालत दोलखाबाट ७ दिनको म्याद थप गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!