काठमाडौं : काठमाडौंको त्रिपुरेश्वरमा फेला परेको ‘शंकास्पद’ वस्तु सिरानी मात्र भएको पाइएको छ।
Advertisement 1
मंगलबार राति करिब साढे ७ बजे त्रिपुरेश्वर सडकपेटीमा शंकास्पद वस्तु रहेको खबर पाएपछि प्रहरी टोली खटिएको थियो। उक्त टोलीले घटनास्थललाई सुरक्षित पारेर सेनाको डिस्पोजल टोलीलाई बोलाएको थियो।
Advertisement 2
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार उक्त वस्तु सिरानी मात्र रहेको पाइएको छ। प्लास्टिकको म्याटले बेरिएको अवस्थामा भित्र सिरानी छ।
Advertisement 3
‘सेनाको टोली आएर हेर्यो। हेर्दा म्याटले बेरेको तकिया मात्रै छ। अरू केही देखिएन,’ उनले भने।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%










प्रतिक्रिया