Listen LIVE

नेपालगन्ज : चैत्र शुक्ल पूर्णिमाका अवसरमा रामभक्त हनुमानको जन्मजयन्ती आज देशभर विविध धार्मिक कार्यक्रमका साथ श्रद्धापूर्वक मनाइएको छ। परम्पराअनुसार यस दिन हनुमानको पूजा–आराधना गर्नाले बल, बुद्धि र विद्या प्राप्त हुने तथा जीवनका दुःख र सङ्कटबाट मुक्ति मिल्ने जनविश्वास रहिआएको छ।

Advertisement 1

 

शास्त्रीय मान्यता अनुसार ‘हनुमान’ शब्द ‘हनु’ धातुमा ‘मतुप्’ प्रत्यय जोडिएर बनेको हो, जसले वेग, शक्ति र गतिशीलताको अर्थ दिन्छ। भगवान् रामका अनन्य भक्तका रूपमा परिचित हनुमानलाई वायुपुत्र तथा शिवको एघारौँ रुद्र अवतारका रूपमा समेत पूजा गरिन्छ। विभिन्न पुराणहरूमा हनुमानलाई अद्वितीय पराक्रमी र असीम शक्तिका धनी देवताका रूपमा वर्णन गरिएको छ।

Advertisement 2

 

धार्मिक विश्वासअनुसार हनुमानले अणिमा, महिमा लगायत आठ प्रकारका यौगिक शक्तिहरू धारण गर्न सक्ने क्षमता राख्छन्। त्यसैले उनलाई ‘सङ्कटमोचक’ का रूपमा पनि लिइन्छ, जसले मानिसलाई भय, बाधा र नकारात्मक शक्तिबाट जोगाउने विश्वास छ। यही कारणले बालबालिकादेखि वृद्धसम्मले हनुमान चालिसा पाठ गर्ने परम्परा प्रचलित छ।

Advertisement 3

 

जयन्तीको अवसरमा भक्तजनहरू बिहानैदेखि नदी, तलाउजस्ता पवित्र स्थानमा स्नान गरी व्रत बस्ने, मन्दिरहरूमा पूजा गर्ने तथा हनुमानका झण्डासहित शोभायात्रा निकाल्ने गरेका छन्। विशेष गरी मङ्गलबार र शनिबार हनुमानको आराधना गरिने भए पनि आजको दिनलाई विशेष महत्त्वका साथ मनाइन्छ।

 

यसैबीच, नेपालगञ्जस्थित हनुमानगढी मन्दिर परिसरमा बिहानैदेखि भक्तजनहरूको उल्लेख्य भीड देखिएको छ। मन्दिरमा दर्शन तथा पूजा गर्न आउनेहरूको लर्को लागेको छ भने शहरका विभिन्न स्थानमा हनुमान अंकित झण्डासहित र्‍याली निकालिएको थियो। घरघरमा हनुमानको झण्डा स्थापना गर्ने परम्पराअनुसार झण्डा लैजानेहरूको पनि उत्तिकै चहलपहल देखिएको छ।

 

धार्मिक आस्था र सांस्कृतिक परम्पराको संरक्षण गर्दै मनाइने हनुमान जयन्तीले समाजमा सकारात्मक ऊर्जा र एकताको भावना अभिवृद्धि गर्ने विश्वास गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!