Listen LIVE

नेपालगञ्ज पोष्ट । लोक–आधुनिक स्वादमा तयार गरिएको गीत ‘बाचा गरौँला’ युट्युबमार्फत सार्वजनिक भएको छ। नरेश एमसीको आधिकारिक युट्युब च्यानलमार्फत हिजो मात्रै रिलिज भएको यो गीतले छोटो समयमै दर्शकको राम्रो प्रतिक्रिया पाउन थालेको छ। हामीले यो समाचार तयार पार्दासम्म गीतले करिब २.६ हजार भ्युज प्राप्त गरिसकेको छ।

Advertisement 1

 

काठमाडौं नजिकैको रमणीय पर्यटकीय स्थल जर्सिङ्ग पौवामा छायांकन गरिएको गीतमा प्रमोद डिजी र निर्मला देवी बस्नेतको मधुर आवाज सुन्न सकिन्छ। लोक र आधुनिक शैलीको सुन्दर फ्युजन रहेको यो गीत पछिल्लो समय लोकदोहोरीमा नयाँ स्वाद खोज्ने दर्शकका लागि विशेष रुचिकर बनेको प्रतिक्रिया आएको छ।

Advertisement 2

 

गीतमा लय प्रमोद डिजी, शब्द डिकुमाया माझी र संगीत संयोजन बुद्ध स्याङ्गबाको रहेको छ। गीतको मिक्सिङ तथा मास्टरिङ मनोज परियारले गरेका हुन् भने आफ्नो मन स्टुडियोमा रेकर्डिङ गरिएको हो।

Advertisement 3

 

सृजन बरालको निर्देशनमा तयार भएको भिडियोमा बुद्धी माझी र अस्मिता बोमजनको अभिनय देख्न सकिन्छ। भिडियोको छायांकन चक्र बी. बराल र उनको टिमले गरेका हुन् भने सहायक निर्देशक दिपक गिरी रहेका छन्।

 

एबिआरएस प्रोडक्सनको निर्माणमा बनेको यस भिडियोका प्रोडक्सन म्यानेजर राम बोमजन हुन्। भिडियोमा उनको साथै एबिआरएस प्रोडक्सनका शुक्र मगरको पनि अभिनय देख्न सकिन्छ। गीतकी निर्मात्री नबिना गोले रहेकी छन्।

 

छोटो समयमै दर्शकको मन जित्न सफल ‘बाचा गरौँला’ गीतले आगामी दिनमा अझ राम्रो चर्चा पाउने अपेक्षा गरिएको छ।

 

गीतको भिडियो यहाँ हेर्न सक्नुहुन्छ

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!