Listen LIVE

नेपालगञ्ज पोष्ट । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले आगामी केही दिन मौसम प्रतिकूल रहने जनाउँदै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

Advertisement 1

जल तथा मौसम विज्ञान विभाग को पछिल्लो पूर्वानुमानअनुसार भोलि शुक्रबारदेखि लुम्बिनी प्रदेश का तराई जिल्लाहरू, विशेषगरी नेपालगञ्ज, सुर्खेत र दाङ आसपासका क्षेत्रमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको छ। हावाको गति करिब ३३ मिटर प्रतिक्षण (झण्डै ११९ किलोमिटर प्रतिघण्टा) पुग्न सक्ने जनाइएको छ।

Advertisement 2

 

प्राधिकरणका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भारी वर्षा तथा हिमपातको समेत सम्भावना छ। मौसममा देखिएको परिवर्तनका कारण केही दिनसम्म जोखिम कायम रहने बताइएको छ।

Advertisement 3

 

तीव्र हावाहुरीका कारण रुख ढल्ने, घरका छाना उड्ने, कमजोर संरचना भत्किने तथा विद्युत् र सञ्चार सेवा अवरुद्ध हुने जोखिम उच्च रहेको प्राधिकरणले जनाएको छ। पछिल्ला दिनहरूमा यस्ता घटनाबाट मानवीय क्षतिसमेत भएको सन्दर्भमा अझ बढी सावधानी अपनाउन आग्रह गरिएको छ।

 

नागरिकलाई अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन, हावाहुरी चलिरहेको समयमा झ्यालढोका मजबुत रूपमा बन्द गर्न, खुला स्थानमा नबस्न र सवारी साधन सुरक्षित स्थानमा राख्न अनुरोध गरिएको छ। साथै, रुख, बिजुलीका पोल तथा तार नजिक नजान र जोखिमयुक्त स्थानबाट टाढा रहन विशेष सुझाव दिइएको छ।

 

प्राधिकरणले मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा अवलोकन गर्न र स्थानीय प्रशासनको निर्देशन पालना गर्न सबैलाई अपिल गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!