नेपालगन्ज पोष्ट । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा नेपालगन्जमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै आयोजित कार्यक्रममा ३० जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका छन् ।
Advertisement 1

नेपालगन्ज–४ स्थित संचारग्राममा रहेको महासंघको कार्यालयमा सम्पन्न रक्तदान कार्यक्रमको शुभारम्भ नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई र बाँके शाखा अध्यक्ष नवीन गिरीले संयुक्त रूपमा नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र नेपालगन्जका बरिष्ठ प्राविधिक अधिकृत उपेन्द्र रेग्मीलाई रगत संकलनका ब्याग हस्तान्तरण गर्दै गरेका थिए । कार्यक्रममा रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र नेपालगन्जले प्राविधिक सहयोग गरेको थियो ।
Advertisement 2

कार्यक्रममा बोल्दै अध्यक्ष नवीन गिरीले अस्पतालहरूमा रगतको माग बढ्दो रहेकाले त्यसलाई मध्यनजर गर्दै महासंघले रक्तदान कार्यक्रम आयोजना गरेको बताए । उनले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिइने उल्लेख गरे ।
Advertisement 3
यसै अवसरमा नेपाल पत्रकार महासंघ बाँके शाखाका साधारण सदस्य समेत रहनुभएका पत्रकार पवन जयसवाललाई विशेष सम्मान गरिएको छ । जिल्लामै सबैभन्दा धेरै १०६ पटक रक्तदान गरेर उदाहरणीय योगदान पुर्याएका जयसवाललाई दोसल्ला, अबिर, माला र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको हो । उनलाई लुम्बिनी प्रदेश अध्यक्ष चौलागाई, शाखा अध्यक्ष गिरी लगायत पदाधिकारीहरूले सम्मान गरेका थिए ।


कार्यक्रममा प्राविधिक सहयोग प्रदान गरेको नेपाल रेडक्रस सोसाइटी बाँकेको क्षेत्रीय रक्तसञ्चार केन्द्रलाई महासंघले कदर पत्र प्रदान गरेको थियो । साथै, रक्तदान कार्यक्रम आयोजना गरेको भन्दै रक्तसञ्चार केन्द्रले पनि नेपाल पत्रकार महासंघ बाँके शाखालाई प्रशंसा पत्र प्रदान गरेको छ ।










प्रतिक्रिया