Listen LIVE

सन्देश भुसाल । नेपाली सांगीतिक क्षेत्रमा सशक्त पहिचान बनाएकी गायिका शान्तिश्री परियारको नयाँ गीत ‘साथी खुरापाती’  युट्युबमार्फत सार्वजनिक भएको छ।

Advertisement 1

 

गीतमा लोकभावनासँगै हास्यरस मिसाइएको छ, जसमा अभिनय गरेकी छन् चर्चित मोडल तथा अभिनेत्री अञ्जली अधिकारी र सामाजिक सञ्जालमा भाइरल बनेकी नविना सिलवाल (खुइली)।

Advertisement 2

 

गीतलाई शान्तिश्री परियारको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

Advertisement 3

 

गीतको शब्द, संगीत तथा एरेञ्जमेन्ट बहुप्रतिभाशाली राजु सुनामले गरेका छन्। गीतको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ बिनोद परियारको संयोजनमा गरिएको हो। संगीत संयोजनमा पोशन घर्ती (मादल), रत्न बि.के (बाँसुरी), धर्म गन्धर्व (सारंगी) र सञ्जीव बराइली (गिटार) को पनि विशेष योगदान छ। अडियो/भिडियो सम्पूर्ण रूपमा शान्तिश्री परियार अफिसियल मार्फत निर्माण गरिएको हो।

 

गीतको भिडियो मौसम हिमालीले निर्देशन तथा कोरियोग्राफी गरेका छन्। मुख्य कलाकारको रूपमा अञ्जली अधिकारी र नविना सिलवाल (खुइली) को कमेडी संवाद, नृत्य तथा अभिव्यक्तिले दर्शकलाई आकर्षणमा बाँध्नेछ।

 

भिडियोको छायांकन र सम्पादनमा पवन सुस्लिङले उच्चस्तरीय काम गरेका छन्।मेकअपमा सुवास तिमल्सिना, सम्पादनमा सहकार्य गरेका प्रवेश खत्री, पब्लिसिटी डिजाइनमा शन थापा र उत्तम कुमार कार्की, अनि आईटी सहयोगमा राजेन्द्र अर्यालको योगदान उल्लेखनीय छ। कस्ट्युम डिजाइन Valentino Boutique ले सम्हालेको छ भने मिलन कटुवालले प्रोडक्सन व्यवस्थापन गरेका छन्।

 

‘साथी खुरापाती’ गीतले परम्परागत लोकधुन र हास्यशैलीलाई एकैसाथ प्रस्तुत गर्दै नेपाली गीत-संगीतमा नयाँ स्वाद ल्याएको छ। श्रोताले रमाइलो दृश्य, आकर्षक नृत्य र सामाजिक परिवेशमा आधारित सन्देश समेत अनुभव गर्न सक्नेछन्।

 

सम्पूर्ण टिमलाई गीतको सफलताको शुभकामना!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!