Listen LIVE

बाँके , कोहलपुर : बाँकेको बैजनाथ गाउँपालिका–२ मकैवारीमा छोराले आफ्नै बाबुको हत्या गरेका छन्। शनिबार राति भएको घटनामा ६० वर्षीय टोपबहादुर रोका क्षेत्रीको आफ्नै कान्छा छोरा भविलाल रोकाले धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले पुष्टि गरेको छ।

Advertisement 1

 

प्रहरीका अनुसार शनिबार साँझ करिब ८ बजेतिर परिवारका अन्य सदस्यहरू घरमा नभएको मौका छोपी भविलालले बाबुको हत्या गरेका थिए। प्रारम्भिक अनुसन्धानअनुसार भविलाल मानसिक सन्तुलन गुमाएका, नसालु पदार्थको लतमा परेका र झगडालु स्वभावका व्यक्ति भएको छिमेकीहरूले बताएका छन्। यद्यपि, हत्या किन गरियो भन्ने विषयमा भने अनुसन्धान अझै जारी छ।

Advertisement 2

 

हत्या पछाडि भविलाल घटनास्थलबाट फरार भएका थिए। बाँके प्रहरी कार्यालयले तालिम प्राप्त कुकुरको सहयोगमा खोजी तीव्र बनाएको थियो। सोही क्रममा उनलाई शनिबार राति नै कोहलपुर नगरपालिका वडा नं. ३ र ४ को सीमाना नजिकबाट पक्राउ गरिएको प्रहरीले नेपालगञ्ज पोष्ट लाई जनाएको छ।

Advertisement 3

 

घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको र भविलालमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जानकारी दिएको छ। यो हत्याले बैजनाथ क्षेत्रका स्थानीयहरूलाई स्तब्ध बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!